मोरङ ७ पुस। मोरङको केराबारी गाउँपालिका ९ बस्ने ४३ वर्षीय दुर्गा कुमार राईको कुटपिट गरी हत्या गरेको अभियोगमा लेटाङ नगरपालिका १ बस्ने ३० वर्षीय साने भन्ने हस्त बहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

सामान्य वादविवादमा लिम्बुले आइतबार दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका राईको उपचारको लागि न्यूरो अस्पताल विराटनगर लगेको तर उपचार हुन नसकेपछि घर ल्याएकोमा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न लिम्बुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।