सिरहा, १९ भदौ । सिरहाको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नपाको जिरोमाईलबाट करिव १४ किलो मिटर उत्तर चुरेको फेदीमा अवस्थित राइराईनी जसले बहुदलीय जनवादको जन्म दियो र स्वर्गिय मदन भण्डारीलाई महासचिव बनायो ।      आज उनकै विचारको नेतृत्वमा सरकार छ । तर जसले मदन भण्डारी उनको विचारले बैधता पायो त्यही ठाउँ आजपनि विकासको पर्खाइमा छ ।    अहिले सो स्थललाई संरक्षण र विकास गर्दै राजनीतिक पर्यटनको आकर्षक गन्तब्यस्थल बनाउने पहल थालिएपनि यसको गति निकै धिमा छ ।

vlcsnap-2020-09-02-10h32m10s208

सामन्तीव्यवस्थाको अन्त्य गरी, न्याय र समानताको स्थापना एवम् श्रमजीवी जनताको मुक्तिकालागि भन्दै भूमिगत संघर्षमा रहेको तत्कालीन नेकपा (माल)ेले अहिले तीनै तहको सकारमा बहुमतमा छ । त्यसमाथि उनको जीवन संगीनी आज राष्ट्र प्रमुख छन् । समकालीन कमरेड प्रधानमन्त्री छन् ।

तर, तीनदशक अघि कडा भूमिगत शैलीमा चौथो महाधिवेशनबाट जननेता मदन भण्डारी ३१ वर्ष अगाडि महासचिव चुनिएको सिरहास्थित धनगढीमाई नगरपालिका १४ राईराईनी क्षेत्रलाई ऐतिहासिक एबम् राजनीतिक पर्यटन गन्तब्यस्थल बनाउन सो क्षेत्रको संरक्षण एबम् पूर्वाधार निर्माणको पहलथालिएको पूर्व सासंद तथा नेकपा नेता हरी पोखरेल बताउँछन ।
प्राकृतिक रुपमाअति रमणीय मात्रनभई सो स्थल राजनीतिक रुपले समेत ऐतिहासिक रहेको नेता पोखरेल बताउँछन् । यो स्थानलाई आकर्षणको केन्द्र बनाउन त्यस क्षेत्रमा सडक, विजुली, विद्यालय, झोलुगे पुल, प्रवेशद्वार, टिकट घर, बस्ने टहरा लगायतका संरचना नगरपालिकाले निर्माण गरिरहेको पोखरेले जानकारी दिए ।
भण्डारी महासचि बन्नु भएको घर एवम् वरिपरि ऐतिहासिकता झल्किने खालको संरचनाबनाउन भण्डारी फाउण्डेशनले एक विगहा २ कठ्ठा जग्गा समेत खरिद गरेको नेता पोखरेलले सुनाए । निरंकुश पञ्चायती व्यवस्था उत्कर्षमा रहेको बेला २०४६ साल भादौ ९ गतेदेखि १४ गतेसम्म यही स्थानमा तत्कालीन नेकपा (माले)को चौथो महाधिवेशन कडा भूमिगत शैलीमा सम्पन्नभएको थियो ।

नगरपालीकाले यो ऐतिहासिक स्थललाई आकर्षणको केन्द्र बनाउन आफ्नोतर्फबाट सकेको गरिरहेको नगर प्रमुख हरिनारायण चौधरीले जानकारी दिए । उनले नगरको स्रोत साधनले भ्यायसम्म संरचनाहरु निर्माण गरिरहेको बताउँदै थप विकासको लागि संघ र प्रदेशसँग अनुरोध समेत गर्दै आईरहेको बताए ।

vlcsnap-2020-09-02-10h30m18s105

नगर प्रमुख चौधरीले भने, ‘यो स्थान वामपन्थिहरुको लागि ऐतिहासिक स्थान हो, जहाँबाट जननेता मदनभण्डारीको उदय र उहाँको विचारको सुरुभयो, यसलाई पर्यटकिय स्थान बनाउने योजना सहित हामी लागि रहेका छौं, त्यसको लागि संघ र प्रदेशको सहयोगको आवश्यकता छ ।’तत्कालीन नेकपा माले र पछि तत्कालीन नेकपा एमालेले सिद्धान्तको रुपमा आत्मसात गरेको जनताको बहुदलीय जनवादको सैद्धान्तिक आधार त्यही चौथो महाधिवेशनबाट भएको मानिन्छ ।

हाल नेकपा एमाले र माओवादी केन्द्रबीच एकताभई गठन भएको नेपाल कम्युनिष्ट पार्टी नेकपा करिव दुइतिहाइको बहुमत सहित सरकारमा रहेको छ । यो ऐतिहासिक स्थलको संरक्षण र विस्तारले प्राथमिकता पाउनुपर्ने माँग स्थानीय वासिन्दा र राजनीतिक कार्यकर्ताहरुको रहेको छ ।
२०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा कुशल संगठक जीवराजआश्रितसँगै जननेतामदन भण्डारीको निधन भएको थियो ।